Important Information

Important Information (महत्वपूर्ण जानकारी)

  • It is mandatory to be at least 18 years of age to go for foreign employment. Do not submit false details or documents to go for employment.

  • वैदेशिक रोजगारीमा जानका लागि कम्तीमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने छ । रोजगारीका लागि जानका लागि झुटो विवरण वा कागजात पेश नगर्नुहोस्

  • When applying for foreign employment get enough information about recruiting agency. Do not attempt to go through an intermediary/agent or similar person. There is a strong possibility of being cheated and stranded abroad.

  • वैदेशिक रोजगारका लागि आवेदन दिंदा रिक्रुटिङ एजेन्सीको बारेमा पर्याप्त जानकारी लिनुहोस् । एक मध्यस्थ / एजेन्ट वा समान व्यक्ति मार्फत जाने प्रयास नगर्नुहोस्। ठगिने र विदेशमा अलपत्र पर्ने प्रबल सम्भावना रहेको छ ।

  • Before joining the foreign employment recruitment process, be clear about the country you want to go to, the company, the work to be done, the salary to be paid and all other service facilities.

  • वैदेशिक रोजगार भर्ना प्रक्रियामा सामेल हुनुअघि आफू कुन देशमा जान चाहनुहुन्छ, कम्पनी, गर्नुपर्ने काम, प्राप्त हुने तलब र अन्य सबै सेवा सुविधाबारे स्पष्ट हुनुहोस् ।

  • When you go abroad for work, use Nepal's airport, otherwise there is a possibility of cheating. Do not go abroad for employment using alternative routes to other countries.

  • विदेश जाँदा नेपालको एयरपोर्ट प्रयोग गर्नुहोस्, नत्र ठगी हुने सम्भावना हुन्छ । अन्य देशमा वैकल्पिक बाटो प्रयोग गरेर रोजगारीका लागि विदेश नजानुहोस् ।

  • If someone is trying to lure and take you, let the local police know.

  • कसैले तपाईंलाई प्रलोभनमा पार्न र लैजान खोजिरहेको छ भने, स्थानीय प्रहरीलाई जानकारी दिनुहोस्।

  • Pay special attention as there will be legal action when you go secretly for foreign employment, you will be stranded, you will have an accident, you will not be able to find work as per the agreement, it will be difficult to rescue and you will not get service from welfare fund, insurance company.

  • बैदेशिक रोजगारमा गुपचुप रुपमा जाँदा कानूनी कारवाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौता अनुसारको काम पाउन नसक्ने, उद्दार गर्न कठिन हुने र कल्याणकारी कोष, बीमा कम्पनीबाट सेवा प्राप्त नहुने भएकाले विशेष ध्यान दिनुहोला ।

  • Do not stay illegally without permission beyond the validity of the visa, otherwise action may be taken according to the law of the country concerned. Renew your passport in time before it expires.

  • भिसाको म्याद भन्दा बाहिर गएर अनुमति नलिई गैरकानुनी रुपमा नबस्ने अन्यथा सम्बन्धित देशको कानून बमोजिम कारवाही गर्न सकिनेछ । आफ्नो राहदानीको म्याद समाप्त हुनुभन्दा पहिले नै नवीकरण गर्नुहोस्।

  • A person going for foreign employment should not stay or work abroad illegally after the period of permission as per the rules. As long as the contract is not broken within the period as per the foreign employment agreement, one should not leave the job and go to work elsewhere.

  • वैदेशिक रोजगारीमा जाने व्यक्तिले नियमानुसार अनुमति को अवधि पछि अवैध रूपमा विदेशमा बस्न वा काम गर्न हुँदैन। वैदेशिक रोजगार सम्झौताअनुसारको अवधिभित्र करार नतोडेसम्म जागिर छोडेर अन्यत्र जानु हुँदैन ।

  • After the expiration of the contract period, you have to re-insure and work only with a work permit, otherwise you will not get insurance and other financial assistance in case of an accident.

  • करार अवधि समाप्त भएपछि, तपाईले पुन: बीमा गर्नु पर्दछ र वर्क परमिटको साथ मात्र काम गर्नु पर्दछ, अन्यथा तपाईले दुर्घटनाको अवस्थामा बीमा र अन्य आर्थिक सहायता प्राप्त गर्नुहुने छै ।

  • Before leaving for a foreign employment, keep a copy of the employment documents you have received at your home and verify the documents you need to take with you, otherwise you may face problems in the immigration departure hall or abroad.

  • बैदेशिक रोजगारमा जानु अघि तपाईले प्राप्त गरेका रोजगार कागजातहरुको प्रतिलिपि तपाईको घरमा राख्नुहोस् र तपाईले साथमा लैजानु पर्ने कागजातहरु रुजु गर्नुहोस्, अन्यथा तपाईलाई अध्यागमन प्रस्थान कक्ष वा विदेशमा समस्या आउन सक्छ

  • Earned money should not be wasted, use the saved money to send to your relatives in Nepal from abroad through bank account or remittance companies. There are also informal and illegal means of sending money. It is advisable not to use such means as there is no guarantee of security of the money sent to such a mechanism and there is a possibility of money sinking.

  • कमाएको पैसा खेर नजाओस्, बचत गरेको पैसा विदेशबाट नेपालस्थित आफ्ना आफन्तलाई बैंक खाता वा रेमिटेन्स कम्पनीमार्फत पठाउन प्रयोग गर्नुहोस् । पैसा पठाउने अनौपचारिक र गैरकानुनी माध्यम पनि छन् । त्यस्तो संयन्त्रमा पठाइएको रकमको सुरक्षाको प्रत्याभूति नहुने र पैसा डुब्ने सम्भावना हुने भएकाले यस्ता साधनको प्रयोग नगर्नु उचित हुन्छ ।

  • The laws and regulations of concerned the country, must be followed.

  • सम्बन्धित देशको कानून र नियमको पालना गर्नु पर्दछ ।

Copyright © 2024 Zenith Overseas Consultant (P) Ltd. All Rights Reserved.